अदालतको फैसलाले लोकतान्त्रिक विधिको शासनलाई जोगाएको छ :देउवा (विज्ञप्तिसहित)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै लोकतान्त्रिक विधिको शासनलाई जोगाएको प्रतिक्रिया दिएका छन् ।
उनले अदालतले निष्पक्ष फैसला गरेको बताएका हुन् । सभापति देउवाले अदालतले संविधान विपरीत गरिएका कदमलाई सच्याएको बताउँदै अदालतको फैसला ऐतिहासिक भएको उल्लेख गरे ।
देउवाले विज्ञप्ति जारी गर्दै फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको बताएका हुन् । उनले स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन् ।