संसद् पुनःस्थापना,देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी


सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।

गत जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।इजलास शुरु हुनासाथ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पाँचै जना न्यायाधीशको मत सुनाउँदै रिट निवेदकको पक्षमा आदेश जारी भएको बताएका हुन् ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *