कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका ,सर्तक हुन विज्ञको सुझाव


बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महìवपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महìवपूर्ण हुने विज्ञको सुझाव छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै कारण भइसकेको छ । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु कोरोनाबाट भएको छ ।प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै बालबालिका कोरोनाको उच्च जोखिममा रहेका छन् भन्ने प्रस्ट देखाउँछ । शनिबारको मात्र तथ्याङ्क हेर्ने हो भने १० वर्षसम्मका ५२ जना बालबालिका कोरोना सङ्क्रमित भएका छन् भने ११ वर्षदेखि २० वर्षसम्मका १३० जना कोरोना सङ्क्रमित भएका छन् ।
वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी चौधरीले नेपालमा बालबालिकालाई कोरोनाको जोखिम उच्च रहेको जानकारी दिँदै अहिले पनि देशभर दैनिक सयभन्दा बढी बालबालिका सङ्क्रमणमा परेको बताए ।
उनले बालबालिकालाई कोरोना सङ्क्रमणबाट जोगाउन अविभावकको महत्वपूर्ण भूमिका रहने भन्दै बाबुआमाले बालबालिकाको स्वास्थ्यबारे ध्यान दिनुपर्ने सुझाव दिए ।

डा. चौधरीले पछिल्लो समय बालबालिकामा कोरोना सङ्क्रमणको महामारी बढिरहेको बताए । यसभन्दा अघि कोरोनाको पहिलो लहरमा नेपालमा खासै बालबालिकामा कोरोनाको सङ्क्रमण बढी थिएन भन्दै डा. चौधरीले भने, “कोरोनाको दोस्रो लहरमा भने बालबालिका तथा युवा बढी सङ्क्रमणमा पर्ने र जटिलता पनि बढी देखिएको छ ।”

कोरोनाको तेस्रो लहरमा बालबालिकामा सङ्क्रमण भयावह हुने भएकाले सावधानी अपनाउनुपर्नेमा उनले जोड दिए । साना–साना बालबालिका आफूले बोलेर के भएको छ भन्नेसमेत बताउन नसक्दा उनीहरूको उपचारमा ढिलाइ हुँदा समस्या हुने उनको भनाइ छ । साना बालबालिकाले मास्क प्रयोग गर्न नमान्ने भएकाले उनीहरूलाई अरूबाट हुने सङ्क्रमणबाट जोगाउन कठिन हुने भन्दै अभिभावकले बालबालिका बचाउन ध्यान दिनुपर्ने बताए ।
बालरोग विशेषज्ञ डा. दिनेश कोइरालाले बालबालिकामा सङ्क्रमण बढिरहेको भन्दै तेस्रो चरणको कोरोनामा झनै डरलाग्दो हुने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । बालबालिकाको उपचार र वयस्कको उपचार फरक हुने भन्दै डा. कोइरालाले सरकारले बालबालिकाको कोरोना उपचारका लागि छुट्टै अस्पताल तोकेर उपचारमा सहजता ल्याउनुपर्ने बताए ।

नेपालमा कोरोनाको पहिलो चरणको सङ्क्रमणमा बालबालिका जोगिएका थिए ।दोस्रो भेरियन्टमा बालबालिका सङ्क्रमित र मृत्यु हुने सङ्ख्या बढेपछि चिन्ता बढेको छ । बालबालिकालाई कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक अस्पताललाई कुल शइयाको २० प्रतिशत बालबालिकाका लागि छुट्याउन निर्देशन दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *