बिना निष्कर्ष किन टुंगियो एमाले कार्यदलको बैठक ?


नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको छ। मंगलवार सिंहदरवारमा बसेको बैठक टुंगोमा नपुगेको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए।

आजको बैठकमा विवाद समाधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको उनले बताए। तर कुनै पनि विकल्पमा समान धारणा भने बन्न सकेन।

विभिन्न कोणबाट, के-केमा विमति भएका छन् भन्नेबारेमा छलफल भयो, उनले भने।यस्तै, कार्यदलका अर्का सदस्य रघुजी पन्तले विवादबारे बुँदागत छलफल भएको बताए।विषयमा बुँदागत छलफल भयो। त्यसमा आफ्नो धारणा राख्ने काम भयो, उनले भने।
छलफललाई निरन्तरता दिने र भोली फेरी बैठक बस्ने सहमति भएको उनले बताए।कार्यदलको सोमवारको बैठकमा छलफल भए पनि औपचारिक रुपमा पार्टी विवादबारे विषय प्रवेश भएको थिएन। कार्यदलले झण्डै साढे ३ घण्टा छलफल गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *