नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकिकृत कारोबार मिति तय
नेपाल फाइनान्स र ललितपुर फाइनान्सले असार २७ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्।नेपाल फाइनान्सले ललितपुर फाइनान्स लाई एक्वायर गरी सो दिनदेखि एकिकृत कारोबार शुरु गर्न लागेको हो। गत जेठ २८ गते सम्पन्न यी दुबै फाइनान्सको अलग अलग विशेष साधारण सभाले नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।
नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १८ गते एक्विजिशन सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो।
एकिकृत कारोबार सञ्चालन गर्न दुबै फाइनान्सको विवरणलाई एउटै सफ्टवेयरबाट कारोबार गर्न डाटा माइग्रेशन गर्नुपर्ने भएकोले असार २५ गतेदेखि २६ गतेसम्म यी फाइनान्सहरुको सम्पूर्ण सेवाहरु बन्द रहने बताइएको छ।