ऋणपत्र विक्री गर्दै लक्ष्मी बैंक,ब्याजदर कति ?
लक्ष्मी बैंक लिमिटेडले असार २८ गतेदेखि साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्ने भएको छ । प्रतिऋणपत्र रू. १ हजार अंकित दरको “८.५५ लक्ष्मी बैंक डिबेन्चर २०८८” नामको १० वर्षे अवधिको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बैंकले विक्री गर्न लागेको हो ।
कुल कित्तामध्य रू।.८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ताभने बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।यो ऋणपत्र खरिदका लागि असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म ऋणपत्र विक्री खुला गर्ने मिति समेत बैंकले तय गरेको छ ।
यो ऋणपत्र खरिद गर्न चाहनेहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । शेयर खरिदका लागि विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।