नेशनल हाइड्रो पावर कम्पनीको साधारणसभा असार ३१ गते


नेशनल हाइड्रो पावर कम्पनीले यस अघि स्थगित भएको साधारणसभा असार ३१ गते गर्ने भएको छ । कम्पनीले यस अघि चैत्र २७ गते गते साधारणसभा आह्वान गरेकोमा गणपुरक संख्या नपुगेर स्थगित भएको थियो । कम्पनीले सोहि स्थगित भएको साधारणसभा असार ३१ गतेको लागि डाकेको हो ।

कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । सभामा अन्य हाइड्रोपावरलाई गाभ्ने तथा गाभिने सम्बन्धमा सम्पूर्ण निर्णय गर्ने अधिकार संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पेश गर्ने छ । त्यस्तै सभामा लोवर इखुवा हाइड्रोपावरले आयोजना निर्माण गर्न लिएको ऋणमा कर्पोरेट ग्यारेन्टी बस्नेबारे संचालक समितिले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पेश हुने छ । सभामा नियमावली सम्शोधन प्रस्ताव पनि पेश हुने भएको छ ।

साधारण प्रस्तावमा अध्यक्षको प्रतिवेदन पेश गर्ने, लेखापरिक्षक प्रतिवेदन र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने तथा चालु आर्थिक वर्षको लागि लेखापरीक्षक गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *