सरकारको काम कारवाहीका कारण राष्ट्रपति संस्थाको गरिमा घटेको छ : राधेश्याम अधिकारी


नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको काम कारवाहीका कारण राष्ट्रपति संस्थाको गरिमा घटेको आरोप लगाएको छ ।

राष्ट्रिय सभाको अधिवेशन आरम्भको बैठकलाई बिहीवार सम्बोधन गर्दै राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीले सरकारको कार्यशैलीका कारण राष्ट्रपतिको गरिमा घटेको आरोप लगाएका हुन् ।‘
प्रधानमन्त्री ओलीको सरकारको काम कारवाहीका कारण राष्ट्रपतिको गरिमा बढेको छ कि घटेको छ ? राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्रीले गरेर मात्र पुग्ने हो कि गणतन्त्रमा विश्वास राख्ने सबैले गर्ने होइन ? आज स्थिति के छ ?’ अधिकारीले प्रश्न गरे ।

अधिकारीले प्रतिनिधि सभाले प्रधानमन्त्रीलाई जवाफदेही बनाउन चाहेका कारण प्रतिनिधि सभा विघटनको अवस्था सिर्जना भएको समेत आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *