अहिलेको अवस्था हेर्दा व्यवस्थामाथि नै खतरा रहेको छ : माधवकुमार नेपाल


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्य मान्यताको राजनीति नछाड्ने स्पष्ट पारेका छन् । एमालेले गरेको कारबाही फुकुवा भएपनि उनले अहिलेको अवस्था हेर्दा व्यवस्थामाथि नै खतरा रहेको बताएका छन् ।

नागरिक समाज र लेखकहरुसँग विपक्षी गठबन्धनले बुधबार गरेको अन्तक्रियामा नेता नेपालले व्यवस्था खतराउन्मुख रहेको भन्दै काँधमा ठूलो जिम्मेवारी रहेको समेत बताए ।
उनले भने, ‘व्यवस्था खतराउन्मुख छ । कतिपय गतिबिधि हेर्दा राम्रो संकेत दिएको छैन । हाम्रो काँधमा ठूलो जिम्मेवारी छ ।’केपी ओली प्रवृत्तिको विरोध गरिरहेको भन्दै उनले अब पनि ओली प्रवृत्ति दोहोरिन दिन नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *