नेताजी सुभाषचन्द्र बोस बारेको त्यो भावुक किस्सा


सुभाषचन्द्र बोस जर्मनीमा थिए । भारतमा विदेशी सरकार उनीसँग भयभीत थियो । अङ्ग्रेजहरुले नेताजीको निधन भयो भनेर उनका बारेमा भ्रम फैलाउँथे । नेताजीले ती खबर चुपचाप सुन्थे ।

एक पटक यस्तो खबर आयो, सुनेर नेताजीका आँखाबाट तपतप आँसु झर्न थाल्यो । उनका साथीले सुभाषचन्द्रलाई सान्त्वना दिँदै भने- ‘नेताजी तपाईं चिन्तित नहुनुहोस् । कुनै मानिसको जीवनकालमा ऊ मरेको खबर फैलिन्छ भने उसको उमेर बढेर जान्छ ।’
नेताजीले आँसु पुछ्दै भने- यो कुरा त मलाई पनि थाहा छ । अँग्रेजहरुले मेरा बारेमा भ्रामक हल्ला फैलाएकोमा मलाई अलिकति पनि चिन्ता छैन, तर आमाले जब यो खबर पाउलिन् उनलाई कस्तो होला भन्ने कुराले मलाई सताउँछ ।’

नेताजीका आँखा फेरि रसाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *