जेठ २ मा फर्कियो एमाले,के माधव नेपाल पनि फर्किन्छन् ?
नेकपा एमालेको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाउने निर्णय गरेको हो।
एमालेलाई २०७५ जेठ २ गते कायम रहेको केन्द्रीय कमिटीको बैठक अनुसार सञ्चालन गर्नका लागि बैठक बोलाइएको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए।
फागुन २८ गते गठन गरिएको २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी भंग गर्ने पनि बैठकले निर्णय गरेको छ। बुधवारका लागि बोलाइएको एमालेको १० औं महाधिवेशन आयोजक कमिमटीको बैठक भने नरोकिने भएको छ। भोलि बस्ने उक्त बैठकले थप निर्णय गर्ने नेम्बाङले बताए।सबै निर्णयहरु भोलि बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकले गर्ने छ,’ उनले भने।
नेकपा एमालेको असन्तुष्ट समूह माधव कुमार नेपाल-झलनाथ खनालले एमालेलाई माओवादीसँगको एकताअघिको अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएका थिए। उक्त मागलाई सम्बोधन गर्नका लागि ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्।
एमाले त जेठ २ मा फर्कियो तर ,के माधव नेपाल पनि फर्किन्छन्? केही समय पर्खिनु पर्छ सबै चित्र प्रष्ट होला नै!