नागरिक समाजसँग छलफल गर्दै पाँच दलको गठबन्धन


प्रतिनिधिसभा विघटनपछि सरकारविरूद्ध आन्दोलीत विपक्षी पाँच दलको गठबन्धनले आज नागरिक समाजसँग छलफल गर्दैछ ।

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला विपक्षी गठबन्धनले आफ्नो सक्रियता बढाएको हो ।बिहीबार विभिन्न मिडियाका सम्पादक र शनिवार राजनीतिक बिट हेर्ने सञ्चारकर्मीसँग अन्तर्क्रिया गरेको गठबन्धनले त्यसअघि पाँच विद्यार्थी संगठनलाई सडक संघर्षमा उतारेको थियो ।

गठबन्धनका शीर्ष नेताहरूले आज २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा लेखक, नागरिक समाज र बुद्धिजीवीहरूसँग छलफल गर्दै प्रतिनिधिसभा विघटनबारे उनीहरूको धारणा बुझ्नेछन् । त्यसपछि आफ्ना भनाइ राख्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *