कोरोना भाइरसको संक्रमण रोक्न बंगलादेशमा कडा लकडाउन
कोरोना भाइरसको संक्रमण रोक्न बंगलादेशमा सोमवारदेखि कडा लकडाउन गरिने भएको छ। देशव्यापी हुने लकडाउन अघि मानिसहरु गृहनगर फर्किने क्रम बढेको छ। टर्मिनल स्टेशनहरुमा धैरै संख्यामा मानिसहरु भेला भएका छन्।
संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यसअघि नै रेल र बस सेवाहरु स्थगित गरिएको थियो। जसकारण मानिसहरु निजी सवारी साधनमा, भाडाको गाडीमा र हिँड्दै घर फर्कन बाध्य भएका छन्।
बंगलादेशमा सोमवारबाट एकहप्तासम्म आपतकालिन काममा बाहेक कोही पनि बाहिर निस्कन पाउने छैनन्। त्यसकारण मानिसहरु आफ्नो घर फर्किने क्रम बढेको हो।
भारतमा देखिएको कोभिड १९ को डेल्टा भेरियन्टका कारण बंगलादेशमा संक्रमणको दर बढेको छ। करिब ६ हप्ताअघि बंगलादेशमा संक्रमणको नयाँ लहर देखिएको हो।