काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि एक साता थपिने !
काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा लम्ब्याइने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भइरहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार अझै एक साता निषेधाज्ञा थपिनेछ ।“करिब दुई महिनाअघिदेखिको निषेधाज्ञाले जनजीवन अस्तव्यस्त बनेको छ । संक्रमण पुनः फैलिन नदिने गरी व्यवस्थापन गर्नतिर प्रशासनको ध्यान गएको छ,” प्रजिअ निरौलाले भने, ‘‘स्वास्थ्य मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग समन्वय गरेर निषेधाज्ञा थप गरिन्छ । पछिल्लो समय खुलाउन माग गरिएको केही क्षेत्र पनि खुकुलो गर्ने कि भन्ने छ । यस विषयमा हामी आइतबार छलफल गर्नेछौँ ।”
उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा यही असार १४ गते राति १२ बजे सकिँदै छ ।