लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारण सभा


नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न २५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असार १० गते बसेको बैठकले असार ३१ गते कम्पनीको भवन ज्ञानेश्वरमा विद्युतिय माध्यमबाट साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १५.५ प्रतिशत अर्थात २० करोड ४२ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८२५ प्रतिशत अर्थात १ करोड ७ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।

यस्तै साधारण सभाले जारी गरिने बोनस शेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल गर्नेछ ।

कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुको नियमक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भए आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तयारी गरेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १८ गते देखि बुक क्लोज गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *