५ पूर्व प्रधानमन्त्रीले राष्ट्रपतिको आलोचना गर्न तछाडमछाड गरिरहेका छन् : केपी शर्मा ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचनामा प्रतिस्पर्धा भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। परराष्ट्र मामिला अध्यन प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ५ पूर्व प्रधानमन्त्रीले राष्ट्रपतिको आलोचना गर्न तछाडमछाड गरिरहेका बताए। राष्ट्रपतिको बचाउ गर्दै ओलीले विपक्षी गठबन्धनले राष्ट्रपतिलाई चिथोरेको आरोप लगाए।

‘रिसाएको बिरालोले खामो चितोर्छ भन्ने छ। अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिशन चलिरहेको छ। राष्ट्रपति आफ्नो भुमिकामा हुनुहुन्छ। संविधानले दिएको भुमिकामा हुनुपर्छ राष्ट्रपति,’ ओलीले भने।

आफ्नाविरुद्ध ५ जना पूर्व प्रधानमन्त्रीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका बरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराई लागेको भन्दै कटाक्ष गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *