सञ्जालमा दिने सूचना ऐतिहासिक दस्तावेज हुन सक्छन् !
कोभिड-१९ महामारीको समयमा सामाजिक सञ्जालमा सूचना वितरण चुलिँदै गएको छ। यस्तोमा कति सूचना सत्य र तथ्यमा आधारित छन्। कति त गलत र भ्रामक। सामाजिक सञ्जाल प्रयोगकर्ताले सञ्जालमा दिने सूचना ऐतिहासिक दस्तावेजका रुपमा पनि परिणत हुन सक्छन्। हरेक सत्य सूचनाले दस्तावेजको रुपमा काम गर्ने देखिन्छ। त्यसैले पनि विर्मिङघम सिटी युनिभर्सिटीका प्राध्यापकहरुको समूहले २०२० को मार्चसम्मका ८ करोड ४० लाख ट्वीटलाई अभिलेखीकरण गरेको छ।
२०२० को जनवरी २५ मा बेलायतको स्वास्थ्य तथा सामाजिक स्याहार विभागले गरेको ट्वीटबाट सुरु भएको अभिलेखीकरणको काम अहिले पनि जारी रहेको बताइएको छ। विश्वविद्यालयका सोसियोलिंग्युस्टिकका उपप्रध्यापक रोवर्ट लसनले दी कर्नभर्सेसनमा लेख प्रकाशित गर्दै जानकारी दिएका हुन्। युके रिसर्च इनोभेसनको कोभिड-१९ अनुसन्धान कार्यक्रम अन्तर्गत आर्ट एण्ड ह्युमानिटी रिसर्च काउन्सिलको सहयोगमा विश्वविद्यालयले अनुसन्धान थालेको हो।
त्यसको साताभित्रै युकेको स्वास्थ्य विभागले जनवरी ३१ मा २ कोभिड-१९ केस पुष्टि भएको अपडेट ट्वीट गर्दै सार्वजनिक गरेको थियो।