एनआईसी एसियाको सेलेक्ट ३० इन्डेक्स फण्डको बिक्रि आजदेखि


एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) मा आज (असार १० गते) देखि आवेदन दिन सकिने भएको छ।

एनआईसी एशिया क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।फण्डको इकाईमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असार २४ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *