सभापति पदका दावेदार नेपाली कांग्रेसका तीन नेताबीच ‘लञ्च’ बैठक


काठमाडौँ। आशन्न १४ औँ महाधिवेशनमा सभापति पदका दावेदार नेपाली कांग्रेसको तीन नेताबीच भेटवार्ता भएको छ ।

कांग्रेसको संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरुबीच आफू नेतृत्वमा जाने गरी दौडधुप शुरु भएको हो ।महेन्द्रनारायण पुत्र एवं पार्टी उपसभापतिसमेत रहेका विमलेन्द्र निधिले बीपी पुत्र डा. शशांक कोइराला र गणेशमान पुत्र प्रकाशमान सिंहलाई आफ्नै घरमा बोलाएर छलफल गरेका छन् ।फेरि एकपटक सभापति पदका लागि आकांक्षा राख्दै पार्टी सभापति शेरबहादुर देउवाले प्रदेश तहमा परामर्श बढाएपछि तीन नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

निधीले आफ्नो वैवाहिक वर्षगाँठ पारेर खानाको निम्ता दिएर बानेश्वरस्थित निवासमा बोलाएका हुन् । यद्यपि, उक्त भेटमा पार्टीको आगामी महाधिवेशनका विषयमा तीन नेताबीच छलफल भएको छ ।निधिले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने र त्यसबाट आफूपछि नहट्ने जनाइसकेको अवस्थामा उनीहरुबीच एकले अर्कालाई समर्थन गर्ने कुरा भएको स्पष्ट छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *