सोमबार शेयरमूल्यमा उच्च गिरावट आएका यी कम्पनी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ७१.०६ अंकले घटेर दुई हजार आठ सय ३४ दशमलव ०६ विन्दुमा थामिएको छ ।
त्यस्तै, आज ११ अर्ब ६१ करोड ९० लाख बराबरको कारोबार भएको छ भने आज फाइनान्स र हाइड्रोपावर समूहको शेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ ।
आज शेयरमूल्यमा उच्च गिरावट आउने कम्पनीहरुमा पोखरा फाइनान्स, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, प्रोगेसिभ फाइनान्स र पञ्चकन्यामाइ हाइड्रोपावर रहेका छन् ।