प्रभु सेलेक्ट फण्डको इकाई सोमवार नेप्सेमा सूचीकृत


काठमाडौं । सोमवार प्रभु सेलेक्ट फण्डको इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । प्रभु क्यापिटल लिमिटेडको सामुहिक लगानीकोष योजना अन्तर्गतको यस योजनाको १२ करोड ५० लाख इकाई सूचीकृत भएको हो । नेप्सेले यस योजनाको इकाईको कोड पिएसएफ दिएको छ ।

मंगलवारदेखि कारोबार योग्य हुने यो इकाई सम्बन्धित इकाईधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
यस योजनाले जेठ ५ गतेदेखि ९ गतेसम्म इकाई विक्री गरेको थियो । इकाई निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रभु क्यापिटलले यो इकाई विक्रीका लागि धितोपत्र बोर्डबाट बैशाख १३ गते अनुमति पाएको थियो । बन्दमुखी यस योजनाको अवधि ७ वर्षको रहेको छ ।
योजना परिपक्क पश्चात योजनाको कुल सम्पत्तिलाई नगदमा परिणत गरी इकाई धनीहरुलाई समानुपातिक हिसाबमा प्रचलित कानुन बमोजिम इकाई धनीहरुलाई बाँडफाँट गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *