केसीएल असट्युटको शेयर स्वामित्व अब गरिमा विकास बैंकको
गरिमा विकास बैंकले केसीएल असट्युटको शेयर स्वामित्व खरिद गरेको छ । शेयर खरिद सम्झौतामा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकाल र केसीएलको तर्फबाट अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरेका छन् ।
गरिमा विकास बैंकले केसीएलको ५१.२० प्रतिशत शेयर स्वामित्व खरिद गरेको हो । सम्झौता अनुसार केसीएल अब गरिमा विकास बैंकको सहायक कम्पनी बनेको छ । साथै केसीएलले अब गरिमा क्यापिटलको नामबाट सेवा प्रदान गर्ने छ ।
केसीएल नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त मर्चेन्ट बैंकर हो । कम्पनीले लगानी ब्यबस्थापन सेवा प्रदान गर्दै आएको छ