लक्ष्मी माताको कृपा बनाइराख्न यी गल्ती कहिलै गर्नुहुंदैन्
हिन्दुहरु श्रद्धापुर्वक लक्ष्मीको पूजा गर्दछन् । तर लक्ष्मी प्रसन्न पार्न त्यति सहज भने छैन । देवी लक्ष्मी प्रसन्न पार्न पूजाआजाका अलावा अन्य केही चिजमा विशेष ध्यान दिनु पर्ने भने हुन्छ ।अबेर उठ्ने, अन्न नाष गर्ने, भान्सामा सफाई गर्ने लगायतका कुरामा समेत ध्यान दिएमा देवी लक्ष्मी प्रसन्न हुन्छिन् । अन्यथा यस प्रकारका त्रुटीबाट उनि रुष्ट हुने मान्यता छ । यस अलावा के के कुरामा ख्याल गर्नुपर्ने हुन्छ त रु
१। अधिकाशं मानिसमा पैसा गन्दा औलामा थुक लगाएर गन्ने बानि हुन्छ । तर यो गल्ती भुलेर पनि नगर्नुहोस् । यसो गर्नाले देवी लक्ष्मीको अनादर हुने विश्वास गरीन्छ ।
२। देवी लक्ष्मीको तेश्रो स्वरुप हो, धान्य लक्ष्मी । धान्यको अर्थ अन्न सम्पदा हो । त्यसलै लक्ष्मीलाई माता अन्नपूर्णाको स्वरूप पनि मानिन्छ । त्यसैले कहिल्यै अन्नको अनादर गर्नु हुदैन । अन्नको अनादरले माता लक्ष्मीलाई रुष्ट बनाउने मान्यता छ ।
३। मान्यता अनुसार स्वास्थ्य र समृद्धि पाउन सूर्योदय अघि उठ्नु पर्ने धार्मीक मान्यता छ । सूर्योदय पश्चातसम्म सुत्नेहरुसंग सूर्य देव रुष्ट हुने र रोग लाग्ने साथै रोग भएको स्थानमा माता लक्ष्मीको वास नहुने मान्यता छ ।
४। लक्ष्मीलाई प्रसन्न पार्न घरमा सरसफाई राख्नुपर्ने मान्यता छ । फोहोर भएको घरमा लक्ष्मीको वास नहुने धार्मीक मान्यता छ ।
५। बिहान सबेरै र सुर्यास्त अघि घरको सरसफाई हुन आवश्यक छ । विशेषगरी घरको मुख्यद्वारमा कहिल्यै फोहोर हुनु हुदैन । साथै रातमा जुठो भाडा राख्नु हुदैन ।