बाइडेन-पुटिन भेटमा सम्बन्ध सुधारको प्रयास
अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो पटक भेटवार्ता भएको छ ।
एकअर्काको प्रशंसा गर्दै बाइडेन र पुटिनले स्वीट्जरल्याण्डको जेनेभामा तीन घण्टा विताएका छन् ।सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति भने कायम गर्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले बढाइचढाइ नगरी फरक मतहरू प्रस्तुत गरिएको उल्लेख गरेका छन् । रुसले नयाँ शीतयुद्ध नचाहेको पनि उनले बताए ।