नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै


पार्टीको महाधिवेशनको कार्यतालिका संशोधन गर्न पदाधिकारी बैठकले गरेको प्रस्तावमाथि निर्णय लिन आज बिहीवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।यसअघि बसेको पदाधिकारी बैठकले भदौ ७ गतेदेखि निर्धारित महाधिवेशन भदौ १६ गतेदेखि गर्ने प्रस्ताव तयार पारेको छ ।
क्रियाशील सदस्यताको टुंगोदेखि वडा अधिवेशन गर्ने मितिसम्म हेरफेर गर्नेबारे केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुनेछ ।केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *