सफल बन्नका लागि आफ्नो सपनालाई सधैं जीवित राख्नु


“सफल बन्नका लागि एउटा गोप्य सूत्र छ र त्यो हो आफ्नो सपनालाई जीवित राख्नु । वास्तवमा जीवित सपनाले नै कमजोर विचारहरूबाट बचाउने गर्दछ ।”

यो प्रेरक भनाई हो अलिबाबाका फाउण्डर तथा चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माको । उनले सफल र सुखी हुन केही सूत्रहरू प्रयोग गरेका छन् । पटक–पटक उनले आफ्ना सफलताका सूत्र सार्वजनिक गर्ने गरेका छन् । तपाईं पनि ज्याक मासँग केही सिक्ने कि रु
१। सफलताका लागि धैर्यता सबैभन्दा जरुरी चिज हो ।
२। जिन्दगी निकै छोटो छ, तर निकै सुन्दर पनि । काममा मात्रै धेरै गम्भीर नहुनुहोस्, जिन्दगीको मज्जा पनि लिनुहोस् ।

३। संसारमा पैसाको कुनै कमी छैन, कमी छ त केवल सपना देख्नेहरूको ।

४। वस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुहोस् । प्रतिस्पर्धा त केवल सेवा र सिर्जनशीलतासँग गर्नुहोस् ।

५। आफू जो हो, उही बन्ने प्रयास गर्नुहोस् । तब मात्रै खुसी र सफलता मिल्छ । ‘कपिक्याट’ले तपाईं शिखर चुम्न सक्नुहुन्न ।

६। तपाईंलाई संगतका लागि इमानदार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमानदार ।

७। तपाईं प्रयास गर्नै डराउनुहुन्छ भने कहिल्यै सफलता मिल्दैन । तपाईंले प्रयास नै गर्नुभएको छैन भने कसरी थाहा हुन्छ कि कुनै अवसर छ या छैन ?

८। कहिल्यै हार नमान्नुहोस् । किनभने, आज कठिन छ, भोलि झनै कठिन हुनेछ । तर, नआत्तिनुहोस्, पर्सि अवश्य तपाईंको दिन आउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *