खुल्यो नेशनल माइक्रोफाइनान्सको लिलामी सेयर


नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २७ गतेदेखि संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ । संस्थाले ५० हजार कित्ता संस्थापक सेयरहरू लिलामी बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् ।उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

संस्थाको सेयर बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले सिद्धार्थ बैंक लिमिटेड, हात्तिसार, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *