सर्वोत्तम सिमेण्टले बोलायो विशेष साधारण सभा


बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरिरहेको सर्वोत्तम सिमेन्टले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार १९ गते बिहिबार विशेष साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश वितरण प्रस्ताव पेश हुने छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.००६ गरि कुल २०.१२४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापुंजी ३ अर्ब ४० करोड रहेको छ । प्रस्तावित (६५ करोड बराबरको बोनस ) वितरणपछि कम्पनीको चुक्ता पुंजी ४ अर्ब नाघ्ने छ ।

सभामा कम्पनीको जारि तथा चुक्ता पुंजी मिलान गरि संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात मिलान गर्ने , प्रबन्धकापत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, प्रबन्धपत्र नियमावलीमा थप संशोधन गर्नु पर्ने संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *