किन भेटे प्रचण्डले बूढानीलकण्ठ पुगेर शेरबहादुर देउवालाई ?


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बूढानीलकण्ठ पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षसँग देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता गर्न आग्रह गरेपछि प्रचण्ड र देउवाबीच छलफल भएको हो ।देउवालाई भेट्नु अघि प्रचण्डले एमाले नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए ।

एमालेलाई जेठ ३ पूर्वको अवस्थामा फर्काउन देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त ओलीले अगाडि सारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *