युनियन हाइड्रोको साधारणसभा आह्वान
युनियन हाइड्रोले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार २५ गते आर्थिक वर्ष ७५/७६ र ७६/७७ को वार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीले एक साथ १३ औ र १४ औ साधारणसभा आह्वान गरेको हो ।
सभामा संचालकहरुको निर्वाचन गरि नयाँ संचालक समिति गठन गर्ने कार्यसूची रहेको पनि कम्पनीले जनाएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असार १४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने घोषणा गरेको छैन ।