अलटाइम हाइ बनाएर बन्द भएको नेप्से, के होला यो साता
अघिल्लो साता नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा बन्द भएको छ। अघिल्लो साता २८१५.३९ विन्दुमा बन्द भएको नेप्से, यस साता १.४७ प्रतिशत अर्थात ४१.३७ अंक बढेर २८५६.७६ विन्दुमा पुगेको छ। जुन हालसम्मकै उच्च बन्द विन्दु हो। नेप्सेले सोही दिन नयाँ इन्ट्रा डे हाइ रेकर्ड बनाएको थियो। सो दिन नेप्से २८७६.११ विन्दुसम्म पुगेको थियो।
गत साताको दैनिक चार्ट हेर्ने हो भने नेप्सेले ‘राइजिङ्ग वेजेज’ बनाइरहेको देखिन्छ र अहिले प्रतिरोध क्षेत्रमा पुगेको छ। तर, हालसम्म करेक्सन आउने कुनै संकेत भने देखिएको छैन।गत साताको बन्द विन्दुबाट विश्लेषण गर्दा यस साता नेप्से उकालो लागेमा २९५० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २७५० विन्दुमा टेवा पाउने देखिन्छ।
साताको मध्यमा साँघुरिएको नेप्सेको ५ दिने र २० दिने इएमए बीचको दूरी, साताको अन्त्यतिर पुनः फराकिलो बन्द गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो बन्दै गएको संकेत गर्दछ।