संवैधानिक इजलास पुनर्गठन, यी न्यायाधीशहरु रहने


काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास पुनर्गठन गरिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन गरिएको हो ।

संवैधानिक इजलासमा अब प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनेछन् ।प्रतिनिधिसभा विघटनको मुद्दामा आज सुनुवाइ हुँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ८ गते मध्यरातमा राष्ट्रपति विद्या भण्डारीले संसद् विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *