विशेष सभा गर्दै नबिल बैंक र युनाइटेड फाइनान्स ,के के छन् प्रस्ताव ?


नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने प्रस्ताव पारित गर्न दुबै कम्पनीले विशेष साधारण सभा डाकेका छन्।यी दुबै कम्पनीले असार ५ गते आ–आफ्नो केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सञ्चालन गरिने गरी सभा डाकेका हुन्। दुबै कम्पनीको सभा बिहान ११ बजे शुरु हुनेछ।

यी दुबै कम्पनीले असार ५ गते आ–आफ्नो केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सञ्चालन गरिने गरी सभा डाकेका हुन्। दुबै कम्पनीको सभा बिहान ११ बजे शुरु हुनेछ।सो सभाले युनाइटेड फाइनान्स लाई नबिल बैंकले १०० बराबर ३५ को शेयर स्वाप रेशियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसका साथै एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ दुबै कम्पनीले जेठ २८ गते बुकक्लोज गर्ने भएका छन्। सोभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *