ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सानिमा बैंकको मोबाइल बैंकिङ एप


काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैंकिङ एप सानिमा सजिलो ई-बैकिङबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।जसअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको जनाएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैंकिङ्ग एपबाट पठाउन सक्ने जनाएको छ ।

रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’ मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सकिने जनाएको छ । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

यसका साथै मोबाइल बैंकिङ्ग एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैंक खातामा संकलन वा प्राप्त गर्न सकिनेछ ।
ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरूमार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नुहुनेछ । सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई(बैंकिङ्गको वेभ भर्सनमा पनि उपलब्ध रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *