एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
विभागीय मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बैठक स्रोतले जानकारी दियो ।यो वर्ष जेठ १३ गतेदेखि एसइई तोकिएको थियो । यद्यपि संक्रमण बढ्दै जाँदा सम्भव नदेखिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो । देशभरीबाट ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारीमा छन् ।
गतवर्ष पनि अहिलेको जस्तै अवस्था आएपछि सम्बन्धित विद्यालय आफैले आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो ।