राष्ट्रपतिमाथि प्रश्न,कोरोनाबाट त्रसित नागरिकको मनोदशाको शोषण गर्ने ?


नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन्। विभिन्न देशका राष्ट्र प्रमुखलाई खोपको याचना गर्दै पत्र लेखेको भन्दै उनले आलोचना गरेका हुन्।

रावलले राष्ट्रपति आलंकारिक भए पनि भण्डारीलाई भने कार्यकारी प्रमुखको जस्तो भूमिका देखाउन खोजिएको आरोप लगाए। रावलले सरकार निकम्मा भएकाले राष्ट्रपतिले असंवैधानिक बाटोबाट अग्रसरता लिएको आरोप समेत लगाएका छन्।
सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ, उनले भने। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी हुदै एमालेको विवाद मिलाउन सहजिकरण गरेको, प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान विपरित भए पनि सघाएको र संविधानको संरक्षक बन्न नसकेको भन्दै राष्ट्रपतिको आलोचना हुदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *