स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब ७७ अर्ब २२ करोड विनियोजन


काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रको बजेट बढाएको छ। कोभिड-१९ महामारी नियन्त्रण, खोप व्यवस्थापन तथा स्वास्थ्य संस्थाको स्तरोन्नति लगायतमा बजेट बढाइएको हो। आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य क्षेत्रका लागि आगामी वर्ष एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएका हुन्।

चालु वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकमा ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरिएको थियो। चालुको तुलनामा बजेट ३२ अर्ब आठ करोड बढी हो।

सरकारले खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ। साथै उपचारमा कोभिड-१९ संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको भत्तालाई निरन्तरता दिइएको छ। जोखिमको अवस्था रहँदासम्म भत्ता कायम रहनेछ।

सरकारद्धारा निशुल्क वितरण हुँदै आएका ७० प्रकारका औषधी सबै स्वास्थ्य संस्थामा निरन्तर उपलब्ध हुने र औषधी खरिदका लागि ५ अर्ब ६० करोड विनियोजन गरिएको मन्त्री पौडेलले बताए।
त्यस्तै विपन्न नागरिकलाई मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स लगायतको उपचार गर्न हाल प्रदान गरिएको अनुदान र १४ वर्ष मुनिका बालबालिका एवम् ७० वर्ष मथिका जेष्ठ नागरिकको मुटु रोगको निशुल्क उपचार सुविधालाई निरन्तरता यसको लागि २ अर्ब पचास करोड विनियोजन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *