भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो


भारतमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थप ४ हजार ४५४ जनाको मृत्यु भएसँगै भारतभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७२० पुगेको छ। भारतमा संक्रमितको संख्या घट्दै गएपनि दैनिक करिब ४ हजारको मृत्यु भइरहेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यस्तै, ३ लाख २ हजार ५४४ जना संक्रमण मुक्त भएका छन्।

हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या २७ लाख २० हजार ७१६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *