एनएमबि बैंकको उर्जा ऋणपत्र बिक्रि खुला, ब्याज कति पाइन्छ ?


एनएमबि बैंकले आज जेठ ९ गतेदेखि एनएमबि उर्जा ऋणपत्र बिक्रि खुला गरेको छ। बैंकले डेढ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) १५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

जस मध्ये ९ लाख कित्ता नितिजा तबरबाट र ६ लाख कित्ता सर्वसाधारको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ६ लाख कित्ता मध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा जेठ १२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ । १५ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ४ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *