एमाले फुटाउने उद्योगमा प्रचण्ड संलग्न रहेको ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमाले फुटाउन लागि परेको आरोप लगाएका छन् ।
शुक्रबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रचण्डले एमाले नेता माधवकुमार नेपालको निवास कोटेश्वर धाएर पार्टी फुटाउने उद्योग गरेको बताए ।
“बिहान बेलुकै कोटेश्वर धाएर नेकपा एमाले फुटाउन उद्योग गर्नुहुन्छ । अनि लोकतन्त्रका कुरा गर्ने ? अस्थिरताको खेती गर्ने अनि लोकतन्त्रको कुरा गर्ने ?,” ओलीले प्रश्न गरे ।
उनले पार्टीको आन्तरिक समस्या भने पार्टी कमिटीले समाधान गर्ने पनि बताए । उनले सच्चिन पार्टीका नेताहरुलाई सुध्रन समय दिने र त्यसै अनुसार समाधान गर्ने बताए ।