राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओली संविधान समाप्त गर्नतिर लागे : शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली संविधान समाप्त गर्नतिर लागेको आरोप लगाएका छन्। बिहीबार राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
नेता कोइरालाले विश्वासको मत नलिई यसरी अघि बढ्ने मुलुकलाई द्वन्द्वमा लैजाने षड्यन्त्रसमेत भएको आरोप लगाएका छन्। ुसंविधानको धारा ७६/३ अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलिले विश्वासको मत नलिई वा राजिनामा नगरी धारा ७६र५ लागु गर्नु र सो अनुरुप राष्ट्रपति अगाडि बढ्नु संविधानको धज्जी उडाउनु मात्र नभई प्रधानमन्त्री र राष्ट्रपतिको संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र हो, कोइरालाले फेसबुकमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *