६.३७ अंकले बढ्यो नेप्से,९ अर्ब ३० करोडको कारोबार


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ६।३७ अंकले बढेर दुई हजार सात सय ८७ दशमलब १९ विन्दुमा पुगेको छ ।

आज ९ अर्ब ३० करोड ५२ लाख बराबरको कारोबार भएको छ भने आज ८कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको शेयर घटेको छ आज शेयरमूल्यमा सर्वाधिक बृद्धि हुने कम्पनीहरुमा मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड, गुडविल फाइनान्स कम्पनी लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, गोर्खाज फाइनान्स कम्पनी लिमिटेड, युनाइटेड इदी मर्दी, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र मितेरी डेभलपमेन्ट बैंक लिमिटेडरहेका छन् ।

यस्तै, आज नेपाल पूनर्बीमा कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ भने पाँचथर पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *