नेष्डो लघुवित्तले आईपिओ निष्काशन गर्ने,ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक
नेष्डो समृद्ध लघुवित्तले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा लघुवित्तको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।
कम्पनीले ८ लाख २८ हजार ७ सय ५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यो कित्ता कर्मचारी र सामुहिक लगानी कोषको लागि छुट्याईएको समेत हो ।
नेष्डो समृद्ध लघुवित्तको केन्द्रिय कार्यालय पर्वत जिल्लाको कुश्मा बजारमा रहेको छ। यो राष्ट्रियस्तरको वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा दुई वटा संस्था र ८१ जना संस्थापक शेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।