कोरोना उपचारमा प्रयोग गरिँदै आएको रेम्डिसिभिर नेपालमै उत्पादन गरिने


कोरोना संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको रेम्डिसिभिर इन्जेक्सन नेपालमै उत्पादन गर्ने तयारी भएको छ। नेपाली औषधि उद्योगहरु नेपालमै रेम्डिसिभिर उत्पादन गर्ने तयारीमा जेटका छन्। वीरगंजको नेशनल हेल्थकेयरले ‘प्रडक्ट लाइसेन्स’ पाएको औषधि व्यवस्था विभागले जनाएको छ।

नेशनल हेल्थकेयरले अन्य ५र६ प्रकारका इन्जेक्शन उत्पादन समेत गर्दै आएको छ। विभागका प्रवक्ता तथा वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार नेशनल हेल्थकेयरलाई रेम्डिसिभिर उत्पादनको लागि प्रडक्ट लाइसेन्स दिइएको छ। तर बजारमा बिक्री गर्ने अर्को लाइसेन्स आवश्यक पर्नेछ।

‘१० दिनअघि उद्योगले लाइफ लाइज पाउडर फर इन्जेक्शन र सोलुसन फर इनजेक्शन गरी दुई वटा प्रडक्टको लागि अनुमति मागेको थियो,’ उनले भने, ‘बुधबार नै सिसीमा सुख्खा धुलोमा पान मिसाएर बनाइने इन्जेक्सनको लागि आर्थात् लाइफ लाइज पाउडर फर इन्जेक्शन उत्पादनको लागि अनुमति दिइएको हो। अर्को पनि अनुमति दिने चरणमा छ।’

उद्योगले उत्पादन गरेपछि गुणस्तर र मापदण्ड परीक्षणपश्चात बिक्री इजाजत दिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *