मदन-आश्रीतको नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी


काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले मदन-आश्रीतकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको टिप्पणी गरेका छन् । २८ औं मदन-आश्रीतको स्मृति दिवसको अवसरमा उनले वृहत् वाम एकतामार्फत मदन भण्डारी र जीवराज आश्रीतको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् । त्यसका निम्ति आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुन जिम्मेवार नेतालाई उनको आग्रह छ ।

“क. मदन र क. आश्रितको बाटोमा हिंड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो । तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ । म आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता कमरेडहरुमा नेकपा ९एमाले०सहित वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु । यसनिम्ति आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार कमरेडहरु मुक्त हुन आग्रह गर्दछु, “उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *