अपि पावरले जेठ २० गतेदेखि हकप्रद निष्काशन गर्ने


काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । अपिले उक्त अनुपातमा प्रतिकित्ता रू. १०० अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री खुला गर्न लागेको हो ।

असार ९ गतेसम्म विक्रीमा रहने यो बैशाख २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि बैशाख २९ गते एक दिन बुक क्लोज गरेकाले बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र आवेदनका लागि योग्य भएका हुन ।
यो हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । अपिले यस अघि पनि गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो । उक्त हकप्रद शेयर पश्चात रू. १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार चुक्तापूँजी कायम गरेको छ ।

सोही पूँजीको आधारमा अपिले हकप्रद शेयर विक्री गर्न लागेको हो । यस वर्ष अपि पावरले ९ प्रतिशत बोनस शेयर समेत वितरण गरेको छ ।
कम्पनीले दोस्रो चरणमा विक्री गर्न लागेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४९ करोड ६८ लाख ५६ हजार पुग्नेछ । यो हकप्रद शेयरलाई केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्ने केयर एनपी बि प्लस रेटिङ्ग प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *