पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले स्वीकारे ओलीसंगको मध्यरातको भेट
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्वीकार गरेका छन् । उनले केही दिनअघि ओलीलाई भेटेर प्रधानमन्त्री मागेको खबर आएपछि उनले त्यसको खण्डन गर्दै भेटेर सर्वदलीय सरकार बनाउन आग्रह गरेको प्रष्टीकरण दिएका छन् ।
ओलीले पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा सरकार बनाउने प्रस्ताव अस्वीकार गरेपछि अरूलाई नभनेको बताएका छन् ।
“प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान, पूर्वप्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ भनेकै हो । उहाँले नमानेपछि अरूलाई नभनेको हुँ,” उनले माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेका छन्, “अझै पनि धारा ७६(५) बमोजिम बनाउन सकिन्छ । सोचौँ ।”