नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा
काठमाडौं । नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त कित्ता शेयर जेठ २७ गतेसम्मका लागि लिलामीमा ल्याएको हो ।
उक्त शेयरको मूल्य प्रतिकित्ता रू। १ हजार ३६६ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्युनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।यो शेयर बाँडफाँटमा पर्ने शेयरधनीहरुले कम्पनीद्वारा जेठ २ गतेपछि प्रस्ताव हुने हकप्रद शेयर र लाभांश समेत प्राप्त गर्ने समेत कम्पनीले जानकारी दिएको छ ।
यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, कार्यालय काठमाडौं र विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पनि बोलपत्र प्राप्त गर्न र पेश गर्न सकिने व्यवस्था छ ।