काठमाडौं उपत्यकामा थपियो दुई साताका लागि निषेधाज्ञा


काठमाडौं । काठमाडौं उपत्यकाभित्र थप १५ दिने निषेधाज्ञा गर्ने निर्णय भएको छ। उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो। यसअघिका निषेधाज्ञामा भएका केही बुँदालाई संशोधन गरिएको छ।

थप गरिएको पछिल्लो निर्णयमा विवाह तथा भोजलाई भने केही कडाइ गरिएको छ। अब कसैले पनि निषेधाज्ञाको समयमा पार्टी प्यालेस र होटेलमा विवाह गर्न पाउने छैनन्। त्यस्तै, घरभित्र भएको विवाहमा पनि भोजभतेर गर्न पाइने छैन। १० जना भन्दा बढी मानिस भेला भएर विवाह गरेको पाइएमा कारबाही गरिने छ।

ुविवाह गर्न पाइन्छ। तर १० जनाभन्दा बढी भेला भएर भोजभतेर गरेर होइन,ु जिल्ला प्रशानस कार्यालय ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने।

यसअघि १५ जनासम्म भेला भएर विवाह गर्न दिइएको थियो। त्यस्तै, तरकारी तथा खाद्यान्नको पसल भने बिहान १० बजेसम्म खुल्न दिइने भएको छ। यसअघिको निषेधाज्ञामा बिहान ९ बजेसम्म खुल्न दिइएको थियो। समय कम हुँदा मानिसको भिड भएकाले एक घण्टा थप गरिएको सहायक सीडीओ बस्नेतले जानकारी दिए।

तर, खुद्रा रुपमा साइकल तथा गाडा लगायतमा राखेर बेचबिखन गर्ने तरकारी तथा फलफूल पसललाई भने रोक लगाइएको छ। त्यस्तै, निजी क्षेत्रमा हुने विकास निर्माणका काम समेत नगर्न भनिएको छ। ठूला तथा राष्ट्रिय गौरवका योजना र सरकारी निर्माणका काम भने रोकिने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *