नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।नयाँ सरकार गठनका सन्दर्भमा देउवाले सुरुमा काँग्रेसका शीर्ष नेतासहित विपक्षी पार्टीसँग छलफल गर्न चाहेका थिए । तर पार्टीका नेताहरुले एक चरण आन्तरिक छलफल गरेर विपक्षी दलका नेतासँग छलफल गर्दा उचित हुने बताएपछि देउवाले पदाधिकारी बैठक बोलाएको बुझिएको छ ।

मुख्यचिव पौडेलले भने, अन्य दलका नेताहरुसँग छलफल गर्ने कुरा स्थगित भएको छैन । सभापतिज्युले पहिले पार्टी पदाधिकारी बैठक बोलाउनुभएको छ । पार्टीको बैठकपछि अन्य दलका नेताहरुसँग पनि छलफल गर्ने कुरा छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि गठबन्धनको सरकार निर्माण लागि काँग्रेसले अग्रसरता लिएको छ । सोमबार साँझ बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति आह्वान गर्ने काँग्रेस माओवादी र जसपाको उपेन्द्र यादव पक्षले आग्रह पनि गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *